भर्ना खुलेसँगै निजी विद्यालयले शुल्क उठाउन पाउने

समाचार

school

काठमाडौं । भर्ना खुलेसँगै निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क लिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला गरिदिएको हो।

‘भर्ना खुलेपछि मात्रै निजी विद्यालयले शुल्क लिन पाउँछन्,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘तर स्थानीय तहसँग स्वीकृति लिनुपर्नेछ।’ संविधानअनुसार नै विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत छ। मन्त्रालयले एक शैक्षिक सत्रका लागि भन्दै शुल्क लिने बाटो खुला गरिदिएको हो।

सरकारले पहिले कुनै पनि शुल्क नउठाउनु भनेर किन स्थानीय सरकारको क्षेत्राधिकार मिचेकोरु संघीय सरकारले असार ८ गते अनधिकृत विज्ञप्ति निकालेर कसैले पनि शुल्क नबुझाउनु भन्नु नै गतल भएको थियो,’ उनले भने, ‘शुल्कबारे संघीय सरकारलाई बोल्ने संविधानतस् अधिकार छैन।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार