फेरि बढ्यो सुनको मूल्य

अर्थ/बाणिज्य

gold

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । आइतबारको तुलनामा सुनुको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९७ हजार २ सय र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार