२४ घण्टामा थपिए ८९९ संक्रमित, जम्मा संक्रमित ३९ हजार ४६०

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ जना पुरुष गरी कुल ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३९ हजार नाघेको छ । आजसम्म ३९ हजार ४६० जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ७ हजार १२१ जना होम आइसोलेसनमा छन् भने १० हजार ७०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ५८८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २१ हजार ४१० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५४ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार