सोमबार कोरोनाका कारण ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

ब्यानर

Death from corona 1

काठमाडौं । देशभर सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २२८ पुगेको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।

आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार