आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने

समाचार

yubaraja wrCdFdsPPI

काठमाडौं । सरकारले सबै प्रदेश र स्थानीय तहले जोखिम विश्लेषणको आधारमा प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन बेड तयार पार्न भनेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उपत्यकामा संक्रमणको अवस्था अनुसार स्वास्थ्य मन्त्रालय तथा वाग्मती प्रदेशले अस्पताल, स्वास्थ्य केन्द्रमा आवश्यक अनुसार आइशोलेशन स्थल तयार पार्न आग्रह गरेको छ ।

ती आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्ने गर्ने पनि निर्णय गरेको छ । यस्तै एउटा हलमा २५ जना रहनेगरी नेपाल मेडिकल काउन्सिललाई परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार