प्रधानमन्त्रीले पार्टीको पूर्वनिर्णय यताउता गर्न पाउनुहुन्न : बामदेव गौतम

राजनीति

bamdev

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन् । केही दिनअघि एक टेलिभिजनसंगको अन्तरवार्तामा प्रधानमन्त्रीले वामदेव गौतमको राष्ट्रिय सभामा जाने इच्छा नरहेको आशयको भनाई सार्वजनिक गरेपछि गौतमले पछिल्लो धारणा व्यक्त गरेका हुन् ।

पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा छन् । तर, गौतमले चेतावनीको भाषामा भने– ‘मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको छ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ ।’

आफूले राष्ट्रियसभामा जान्न कहिल्यै नभनेको बताउँदै गौतमले , ‘मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ ।’ डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त रहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार