अर्थमन्त्रीको बहिर्गमनको चर्चासँगै सेयर बजारमा छलाङ्ग

अर्थ/बाणिज्य

yubaraj khatiwada gDkDRS6Co4

काठमाडौं । पछिल्लो समय सेयर बजारमा रौनक देखिन थालेको छ । सेयर बजार बढ्दै जाँदा कतिपयले अर्थमन्त्री डा।युवराज खतिवडाको बहिर्गमनको हल्लाले सेयर बजारमा काम गरेको विश्लेषण गर्न थालेका छन् । यद्यपि सेयर बजारमा वर्षौंदेखि लगानी गर्दै आएकाहरु भने सेयर बजारको प्रत्येक ४—४ वर्षमा बुलिस र बियरिसको चक्र हुने भएकाले सोही चक्रअनुसार बजार बढ्न थालेको बताउँछन् ।

अर्थमन्त्रीको बहिर्गमनको दिन नजिकिँदै जाँदा सेयर बजारमा पनि दिन प्रतिदिन रौनक छाउँदै गएको देखिन्छ । सेयर बजारले अर्थमन्त्री डा। खतिवडाको आगमन नरुचाएको स्पष्ट सङ्केत गरेको विश्लेषण हुन थालेको छ । बहिर्गमनको हल्ला चर्को भएसँगै सोमबार (भदौ १५) गते ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको करोबार भयो । बजार २२.३१ अङ्कले बढेर १४८४.९९ बिन्दुमा आएर अडिएको छ । डा. खतिवडालाई घरजग्गा र सेयर बजारले रुचाउने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार