दुई कोरोना संक्रमित महिला सम्पर्कविहीन

समाचार

corona ratopati cRlJMaid7Z scaled

नुवाकोट । कोरोना संक्रमण भएका २ महिला सम्पर्कविहीन भएका छन् । नुवाकोट घर भएका २ महिला आफूलाई कोरोना रोगको संक्रमण भउका थाह पाएपछि सम्पर्कविहीन भएका हुन् ।

काठमाडौंमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका महिला सम्पर्कविहीन भएका हुन् । कार्यालय नुवाकोटका अनुसार कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको छ ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नम्बर उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश गरिएकोले उनीहरुलाई सम्पर्कमा ल्याउन कठिन परेको हो ।

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरीलाई संक्रमण देखिएहरुको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार