महोत्तरीमा तेस्रो पटक थपियो निषेधाज्ञा

समाचार

bhaktapur lockdown 21 tdUjbSZbtB

सप्तरी । कोभिड(१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ । १० भदौमा दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप १ साता अवधिका लागि यो आदेश जारी गरेको हो ।

सोमबार थपिएको निषेधाज्ञाको अवधि १२ भदौसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गरेको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी लागू हुने गरी १ भदौमा १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका(३ र ५ मा निषेधाज्ञा जारी थियो ।

भदौ लागेसँगै जिल्लाभरी जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट मृत्यु भएका कूल १० मध्ये ८ को मृत्यु भदौ लागिकन भएको हो । तीमध्ये २ जनाको मृत्यु सोमबार भएको प्रदेश(२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

जिल्लामा सोमबार साँझसम्म ११९ महिला र १ हजार १२४ पुरुषसहित एक हजार २४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ७ जनामा सोमबार नै पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । भदौ लागेयताका १५ दिनमा जिल्लामा २३४ नयाँ सङ्क्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार