नयाँ चलचित्रको तयारीमा स्वेता

कला/ साहित्य

shweta khadka

काठमाडौं । अभिनेत्री स्वेता खड्का नयाँ चलचित्रको तयारीमा लागेकी छिन् । निर्देशक यम थापाको निर्देशनमा बन्न लागेको चलचित्रका लागि स्वेता पक्का भएकी हुन् ।

स्वेताले आफ्नो भूमिकाको विषयमा भने केही बोलेकी छैनन् । उनी आफ्नो भूमिकालाई गोप्य नै राख्न चाहान्छिन् । बुझिएअनुसार स्वेताले चलचित्रमा अतिथि भूमिका निर्वाह गर्नेछिन् ।

निर्देशक थापाले यसअघि हुर्रे राज्जा रानी मेरी मामुुलगायत चलचित्र निर्देशन गरिसकेका छन् । पटकथा लेखकको रूपमा आफ्नो गतिलो परिचय बनाएका यमले निर्देशकको रूपमा भने आफूलाई स्थापित गर्न सकेका छैनन् । उनी यस चलचित्रको लागि भने विशेष मिहिनेत गरिरहेको बताएका छन् ।

त्यस्तै, चलचित्र कान्छी पछि स्वेता पर्दामा फर्किएकी छैनन् । उनले हेल्लो जिन्दगीु नामक चलचित्रमा काम गर्दै थिइन् । तर, आफ्नो स्वास्थ्यका कारण उनले उक्त चलचित्रमा काम गर्न सकिनन् । स्वेता आफैँ पनि चलचित्र निर्माणको तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार