बालविवाह गराउने ५ मण्डपबाटै पक्राउ

समाचार

Child marriage 4YSgtJuagt

सल्यानमा । सल्यानमा बालविवाह गराउने ५ जनालाई विवाह मण्डपबाट नै प्रहरीले नियन्त्रणमा लिएको छ ।  १४ भदौंमा सल्यानको बागचौर गाउँपालिका–८ गैरागाउँमा बालविवाह गराउने रेशमप्रसाद शर्माका छोरा २५ वर्षीय दीपेन्द्र शर्मासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रेशमप्रसाद शर्माको छोरा वर्षीया दीपेन्द्र शर्मासँग बाँके बैजनाथ गाउँपालिका–१ गावरकी १८ वर्षीया किशोरीसँग विवाह गर्ने तयारी भइरहेको बेला बेहुला, बेहुली, बेहुलाका आमाबुवा र विवाह गराउने पुरोहितलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताए ।

प्रहरीका अनुसार अदालतबाट म्याद थप गरेर घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार