चिडियाखानामा बाँदरसंगै एक अश्वेत बालक राखेकामा १०० वर्षपछि माफी मागियो

रोचक समाचार

114113571 otabenga976

एजेन्सी । ओटो बेङ्घालाई कङ्गोबाट सन् १९०४ मा नियन्त्रणमा लिइयो र प्रदर्शनीमा राख्न अमेरिका लगियो। बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ।

वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सन् १९०६ मा बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो। सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो। सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारको युरोप र अमेरिकामा निकै चर्चा भएको थियो।

उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो। उसले वास्तविकभन्दा मिथ्या विवरण दिएको र गलत विवरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ। चिडियाखानाले सन् १९०६ मा एक पत्रमा बेङ्घा चिडियाखानाको कर्मचारी रहेको मिथ्या विवरण दिएको देखिन्छ।
दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।

स्पेक्टेकल : ‘द एस्टनीसीङ लाइफ अफ अटो बेङ्घा’ पुस्तकका अनुसार :

त्यसबेलाको बेल्जीयन कङ्गोबाट अमेरिकी व्यापारी स्यामुएल भेर्नरले सन् १९०४ को मार्चमा उनलाई बन्धक बनाएका थिए। उनको वास्तविक उमेर यकिन छैन। उनी १२ वा १३ वर्षका भएको अनुमान गरिन्छ।

पानीजहाजबाट उनलाई न्यू ओर्लिन्स पुर्याइएको थियो र त्यो वर्ष सेन्ट लुइसमा आयोजित मेलामा प्रदर्शनीमा राखिएको थियो। जाडो महिनामा चलेको मेलामा उनी र अन्य आठ जनालाई पर्याप्त कपडा र अवासबिना राखिएको थियो।

सेप्टेम्बर १९०६ मा उनलाई न्यूयोर्कको ब्रंक्स चिडियाखानामा उनलाई २० दिन प्रदर्शनीमा राखिएको थियो। बन्धक बनाएकोमा इसाई धार्मिक नेताबाट विरोध भएपछि उनलाई न्यूयोर्कको एक आश्रयस्थलमा राखिएको थियो।

सन् १९१० ज्यानुअरीमा उनी भर्जिनिया पुगेका थिए। सन १९१६ मा उनले आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार