महिलाको मुखबाट निकालियो ४ फिटको सर्प

रोचक समाचार

rochak

एजेन्सी । रुसको डेगेस्टनमा एक महिलाको मुखबाट डाक्टरहरूले ४ फिटको सर्प निकालेका छन् । ती महिला सोमबार पेट दुखेर अस्पताल भर्ना भएकी थिइन् । सुरुमा डाक्टरहरूले के भएको हो भन्ने भेउनै पाउन सकेनन् ।

जाँचपछि पेटमा कुनै बाहिरी वस्तु पसेको छ भन्ने जानकारी पाइयो । त्यसपछि महिलालाई बेहोस पारेर मुखमा ट्युब पसाएर त्यो बस्तु निकाल्न लागियो । बाहिर निकाली सकेपछि थाहा भइो यो त सर्प रहेछ । महिलाको मुखबाट सर्प निकाल्दाको पुरै प्रकृयाको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको छ, जुन भाइरल भएको छ ।

सर्पलाई बाहिर निकाल्नका लागि उपचारमा लागेकी महिला डाक्टर सर्प देखेपछि डराएर पछि हटेकी भिडियोमा देख्न सकिन्छ । त्यसपछि उनले त्यो सर्पलाई मेडिकल बाकसमा हालेकी छन् ।

पेटमा सर्प कसरी पुग्यो ?
महिला आफ्नो घरको बाहिरपट्टीको बगैंचामा सुतेकी थिइन् । सुत्दा उनको मुख खुला थियो । मुखबाटै सर्प पेटमा पुग्यो । बिहान उठ्दा उनलाई पेट दुख्न थाल्यो र उनले डाक्टरको सहयोग लिइन् । पेटमा पुगेको त्यो सर्प कुन थियो र निकाल्दा सो सर्प मरेको थियो कि ज्युदै थियो भन्ने जानकारी अहिलेसम्म हुन नसकेको बताइएको छ ।

समाचार एजेन्सी डेलीमेलकाअनुसार यो क्षेत्रमा प्राय : यस्ता घटना भइरहन्छन् । मानिसलाई यहाँ घर बाहिर नसुत्न सल्लाह दिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार