अमेरिकामा अबको चार महिनाभित्र कोरोनाले मर्नेको संख्या चार लाख नाघ्ने

अन्तराष्ट्रिय

d858d570 672e 4a11 a058 bcbf56eae705

एजेन्सी । अमेरिकाको वासिंगटन युनिभर्सिटीको स्वास्थ्य संस्थानको एक पूर्वानुमानअनुसार अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मर्नेहरूको संख्या जनवरीको अन्त्यसम्ममा चार लाख नाघ्न सक्ने बताएका छन् ।

यो संख्या अमेरिकामा अहिले कोरोनाले ज्यान गुमाउनेको संख्याभन्दा दोब्बर हो । सो अनुमानमा आउदो डिसेम्बरमा अमेरिकामा प्रत्येक दिन तीन हजार बढीले कोरोनाले ज्यान गुमाउन सक्ने बताइएको छ ।

न्यूज एजेन्सी रोयटर्सकाअनुसार यदी सबै अमेरिकीले मास्क लाउने नियम पालन गरेमा यसरी ज्यान गुमाउनेको संख्या तीन प्रतिशतसम्म घटाउन सकिन्छ । अमेरिकामा मास्कको विरोध गर्ने ठूलो समूह छ ।

अहिले आईएचएमई विधिबाट अमेरिकामा मृत्यु दर निकालिन्छ । यो विधिलाई ह्वाइट हाउसका कोरोना टास्क फोर्सले बनाएको हो । तर अहिलेको दरलाई हेर्ने हो भने आगामी दिनमा ज्यान गुमाउनेको संख्या हरेक दिन तीन गुणाले बढने देखिन्छ ।

अमेरिकामा अहिले प्रत्येक दिन कोरोना भाइरसका कारण ८५० जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार