नेपालमा कोरोना : विगत २४ घण्टामा ९८० संक्रमित थपिए, ९ जनाको मृत्यु

ब्यानर

2020 07 04 Jagesor Gautam11

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने ९ जनाको कोभिड–१९ का कारण ज्यान गएको सरकारले बताएको छ। यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३५४ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २९० जना ललितपुरमा र भक्तपुरमा ३२–३२ जना थपिएका छन्।

अब नेपालमा संक्रमित व्यक्तिहरूको कुल संख्या ४६ हजार २५७ पुगेको छ। गत चौबीस घण्टामा निको हुनेको संख्या १ हजार ८१४ रहेको छ। यो अवधिमा १० हजार ३८२ जनामा पीसीआर परीक्षण गरिएको बताइएको छ। कुल संक्रमितमध्ये ६३ प्रतिशत निको भएका छन्।

हाल देशभरि आइसीयूमा १७४ र भेन्टिलेटरमा २७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । यो अवधिमा २ जना महिला र ७ जना पुरुष गरि ९ जनाको कोभिड–१९ का कारण ज्यान गएको डा गौतमले बताए।

तीमध्ये मोरङ्गका ४५ वर्षीय एकजना पुरुष र ६४ वर्षीया एकजना महिला छन्। त्यस्तै झापाकी ४५ वर्षीया एकजना महिला अनि धनुषाका ३५ वर्षीय एक पुरुष छन्। पर्साका ७७ वर्षीय पुरुष तथा चितवनका ७० वर्षीय पुरुषको पनि ज्यान गएको छ।

काठमाडौंका ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय गरि तीन पुरुषको पनि निधन भएको छ। हाल देशभरिमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ जना तथा घरमै ‘होम’ आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन्। क्वारन्टीनमा ४ हजार ७०३ जना रहेको बताइएको छ।

पाँचसय भन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लामा मोरङ्ग, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाण्डू, ललितपुर, भक्तपुर, चितवन तथा रुपन्देही रहेका छन्। सक्रिय संक्रमित शुन्य रहेका जिल्लाहरूमा सोलुखुम्बु, मुस्ताङ्ग, डोल्पा, मुगु र हुम्ला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार