स्वास्थ्यमन्त्रीको परिवामै कोरोना भित्रियो, मन्त्री क्वारेन्टिनमा

ब्यानर

bhanubhaktadhakal

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले अनलाइनखबरसँगको कुराकानीमा आफू क्वारेन्टिनमा बसेको पुष्टि गरे ।

‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार