‘प्रेम गर्नु अपराध हो भने सजायका लागि तयार छिन रिया’

कला/ साहित्य

114259781 whatsubject

एजेन्सी । रिया चक्रवर्तीका वकिल सतिश माने सिंदेले यदी कसैसंग प्रेम गर्नु अपराध हो भने रिया चक्रवर्ती सजायका लागि तयार रहेको बताएका छन् । रिया गिरफ्तारीका लागि तयार रहेको बताउदैं भने ‘किर्ते अभियान चलाएर उनलाई विनाकारण निशाना बनाइएको छ ।’

यसैबीच रिया मुम्बईस्थित नारकोटिक्स कन्ट्रोल ब्युरोमा पुगेकी छन् । उनलाई आइतबार विहानै एनसिबीले सुशांतसिंह राजपुतका विषयमा जाँचमा सहभागि हुन समन दिइएको थियो । नारकोटिक्स कन्ट्रोल ब्युरोका उपनिर्देशक अमित फक्कड घवाटेले रियासंग सोधपुछ मात्र गर्न खोजिएको बताएका थिए ।

आइतबारनै नारकोटिक्स कन्ट्रोल ब्युरोका अधिकारीले सुशांत सिंह राजपुतका घरेलु कामदार दीपेश सावन्त र ड्रग प्याडलर आरोपित अब्दुल वासित परिहारलाई अदालतमा पेश गरेका छन् । एनसिबीले दीपेश सावन्तलाई शनिबार पक्राउ गरिएको थियो । एनसिबीका सहायक निर्देशक केपिएस मल्होत्राले दीपेश सावन्तलाई ड्रग्स बेचविखनका विषयमा पक्राउ गरिएको बताए । उनलाई डिजिटल प्रमाण र बयानहरूको आधारमा पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार