धनीभन्दा गरिव देश कोरोनाबाट धेरै सुरक्षित ! यस्तो छ कारण

ब्यानर

corona virus gdf

एजेन्सी । कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिरहेको छ । गरिबी र पहिल्यै रोग फैलिएका ठाउँमा महामारीले रौद्र रुप धारण गर्ने डर यसअघि वैज्ञानिकहरुलाई थियो ।

विशेषगरी अफ्रिकामा महामारी भयंकर फैलनसक्ने भन्दै उनीहरु चिन्तित थिए, किनकी त्यहाँको समाज भिडभाडयुक्त छ, सरसफाई र स्वास्थ प्रणाली कमजोर छ । तर वैज्ञानिकहरुको अनुमान गलत भयो ।

अहिले, धनाढ्य र विकसित भनिएका देशको दाँजोमा गरिब मानिएका देशका जनता सुरक्षित देखिएका छन् । कतिपय गरिब र पिछडिएका देशमा महामारीको प्रभाव निकै न्युन छ । वैज्ञानिकहरुका अनुसार यी देशहरुमा मृत्यु दर कम हुनुको कारण कम औसत आयु, ठूलो युवा जनसंख्या र यहाँ विद्यमान कोरोना भाइरसको स्ट्रेन कम घातक हुनु हो ।
वैज्ञानिकहरुका अनुसार त्यहाँका जनता कठोर परिस्थितिमा बाँच्न अभ्यस्त हुनु पनि मृत्युदर कम हुनुको अर्को कारण हो । चुनौतीपूर्ण जीवनले गरिब देशका जनतालाई कोरोना भाइरससँग लड्न सहयोग गरेको प्रारम्भिक बुझाई वैज्ञानिकहरुको छ ।

धेरै युवा, कम जोखिम
दक्षिण अफ्रिकामा ६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बेलायतको दाँजोमा यो झन्डै दुईगुणा हो । यद्यपी, बेलायतमा ४० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने दक्षिण अफ्रिकामा १४ हजारले ज्यान गुमाएका छन् । बेलायतमा औसत आयु ४० वर्ष छ । यसको अर्थ यहाँ आधा जनसंख्या वृद्धवृद्धा र आधा जवान छ । यता, अफ्रिकी देशहरुमा औसत आयु केवल २८ वर्ष छ अर्थात् यहाँ धेरै मानिस युवा छन् । मृत्युदर कम हुनुको एउटा कारण यसलाई पनि लिइएको छ ।

पुराना महामारीको योगदान
अफ्रिका महादेशमा १० लाख भन्दा धेरै संक्रमणका घटना पुष्टि भएका छन् । तर, एशियापछि यहाँ मृत्युदर कम छ । एशियामा पाकिस्तान र नेपालजस्ता देशमा ठूलो संख्यामा संक्रमणका घटना पुष्टि हुनुका बाबजुद अन्य देशको दाँजोमा कम व्यक्तिले ज्यान गुमाएका छन् ।
यसका लागि पहिलेका महामारीलाई पनि धन्यवाद् दिनुपर्छ । अफ्रिका महादेशभर कोरोना भाइरसबाट अहिलेसम्म २१ हजार हाराहारीको मृत्यु भएको छ । युरोपको दाँजोमा यो १० गुणा कम र अमेरिकी महादेशहरुको दाँजोमा २० गुणा कम हो । युरोप र अमेरिकामा संक्रमण पनि तिव्र छ । युरोपमा ४२ लाख र अमेरिका महादेशमा कुल १ करोड ३१ लखमा कोरोना संक्रमण देखिइसकको छ ।

यसरी मिल्छ सुरक्षा
गरिब तथा विपन्न देशहरुमा बस्ने मानिसहरु फ्लु र कोरोना भाइसको सम्पर्कमा धेरैभन्दा धेरै आउनसक्छन् । भिडभाडयुक्त इलाकामा रोगहरु चाडै फैलन्छन् । अन्य समान भाइरसको सम्पर्कमा आएकाहरुलाई कोभिड–१९केही हदसम्म सुरक्षित हुनका लागि एक अतिरिक्त उर्जा मिल्नसक्ने स्वास्थविद्हरुको भनाइ छ । एक अध्ययनअनुसार अतितमा समान रोगहरुबाट ग्रस्त भएका मानिसहरुमा पहिल्यैबाट त्यस्ता रोगको प्रतिरोधक क्षमता विकास भएको हुनसक्छ ।

खराब परिस्थिति, राम्रो परिणाम
दक्षिण अफ्रिकाको सोवेटोस्थित बर्गवनैथ अस्पतालका भ्याक्सिन तथा संक्रमक रोग विश्लेषण युनिटका वैज्ञानिका अनुसार मानिसहरु सायद चिसोबाट लाग्ने अन्य कोरोना भाइरसबाट पनि पनि ग्रस्त भएका हुनसक्छन् । त्यसकारण उनीहरुमा कोभिड १९ सँग लड्ने एन्टिबडी विकसित भइसकेको हुन्छ । महामारी विज्ञानका प्रोफेसर सब्बी मैडील दक्षिण अफ्रिका सरकारलाई भनेका छन्,‘हाम्रो संघर्ष र हाम्रो खराब परिस्थिती अफ्रिकी देशहरु त्था हाम्रो जनसंख्याको पक्षमा काम आउनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार