संक्रमित पनि छैनन्, पढाइ पनि छैन

समाचार

2 1

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म मुगुमा १३, डोल्पामा ६, हुम्ला र मनाङमा ५(५ तथा मुस्ताङमा एकजना कोरोना संक्रमित देखिएका छन् । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, यी जिल्लामध्ये मुस्ताङ, डोल्पा, हुम्ला र मुगु संक्रमणमुक्त जिल्ला हुन् ।

मनाङको कुल ५ संक्रमितमध्ये तीनजना निको भइसकेका छन् । अर्थात् मंसिरमा शैक्षिक सत्रको अन्तिम परीक्षा हुने जिल्लाहरूमध्ये मनाङमा २ जना संक्रमित छन् । दुबै संक्रमित आइसोलेसनमा रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार मुगुमा २२ हजार ३९०, हुम्लामा २१ हजार १०५, डोल्पामा १२ हजार ५४८, मुस्ताङमा ३ हजार ४४२ र मनाङमा ८०० विद्यार्थी भर्ना भएका थिए । ‘दुईजना संक्रमित भएको हाम्रो क्षेत्रमा ६० हजारभन्दा बढी विद्यार्थी पढाइबाट बञ्चित छन्’, एक जिल्ला शिक्षा कार्यालयका ईकाई प्रमुख भन्छन्, ‘शैक्षिकसत्र गुम्न दिनु भन्दा सरकारले तोकेको मापदण्ड पालना गरेर पढाईलाई निरन्तरता दिनु बेश होला ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार