यो आयुर्वेदिक औषधिको हुदैछ नेपालमा परीक्षण

समाचार

114260845 bea8d65d 9631 4ee3 ac42 7ec87b9e0d4a

काठमाडौं । सरकारले कोरोनाभाइरसबाट संक्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधीको परीक्षण अघि बढाइएको जनाएको छ। त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिँदैछ।

उनले भने, ‘सामान्य लक्षण देखिएकालाई दिने हो, त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो त्यो हेरिन्छ साथै रगतमा केही परिवर्तन आए नआएको जाँच हुन्छ।’

जेठीमधु र त्रिकटु
उनका अनुसार जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको उक्त आयुर्वेदिक औषधी बिरामीलाई खाना खानुअघि खुवाउने हो। मरीच, पिप्ली (पिप्ला) र सुठो (सुकेको अदुवा) बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उनले जानकारी दिए।

डा. ज्ञवालीले भने, ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँका आयुर्वेदिक केन्द्रका डाक्टरहरू र काठमाडौंबाट गएको अनुसन्धान टीमको संलग्नतामा आजभोलिमै औषधी दिने योजना छ ।

तर त्यो औषधी गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन।

उक्त औषधीबारे यसअघि चीन र भारत लगायतका देशमा पनि अनुसन्धान र अध्ययन भएको र त्यसको साइड इफेक्ट नभएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार