सन्दीपको राम्रो खेले पनि जमैका पराजित

खेलकूद

Sandeep Lamichhane CPL

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग ९सिपिएल० को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ ।

यस्तो रह्यो सन्दीपको प्रर्दशन

जमैकाले सन्दीपलाई आठौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल रोस्टन चेशलाई डट राख्दा दोस्रो बलमा लेग वाईका रुपमा चार रन खर्चिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा एक रन दिए । पाँचौ बलमा रहकीम कर्नवालले छक्का प्रहार गरे । तर अन्तिम बलमा सन्दीपले कर्नवाललाई बोल्ड आउट गरे ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले चेशलाई एक रन दिए । सन्दीपको दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा नाजिबुल्लाह जद्रानले कुनैपनि रन जोड्न सकेनन् ।

१३ औं ओभर सन्दीपले मेडन राखे । चेशले सन्दीपको ६ बलमा कुनैपनि रन जोड्न सकेनन् ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा जद्रानले चौका प्रहार गरे । चौथो बल डट राख्दा पाँचौ बलमा छक्का खर्चिन पुगे । सन्दीपले अन्तिम बलमा एक रन दिए ।

पहिलो सेमिफाइनलमा लिग चरणको अपराजित ट्रीनबेगो नाइट राइडर्ससँग जमैका मंगलबार खेल्ने छ । मंगलबार रातीनै अर्को सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् । फाइनल बिहिबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार