सांसदलाई कंगनाको चुनौतीः ‘९ तारिखमा मुम्बई आउँदैछु’

कला/ साहित्य

kangana ranauts stunning1584694513

एजेन्सी । कंगना रनोटले आइतबार १ मिनेट ४५ सेकेन्डको भिडियो जारी गरिन् । उक्त भिडियोमा उनले आफूलाई ‘हरामखोर’ भन्ने शिवसेना सांसद संजय राउतमाथि हमला गरेकी छिन् । उनले आफू सेप्टेम्बर ९ तारिखमा मुम्बई पुग्ने बताउँदै शिवसेनाका मान्छेले आफूलाई मार्ने धम्की दिइरहेको बताएकी छिन् ।

कंगनाको पूरा बयान यस प्रकार छः

संजय राउतजी, तपाईंले मलाई ‘हरामखोर’ भन्नुभयो । तपाईं सरकारी सेवक हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, तपाईंलाई त राम्रोसँग थाहा होला कि हरेक दिन, हरेक घण्टा कति केटी बलात्कृत हुन्छन् । कतिजनाको शोषण गरिन्छ । उनीहरुको शरीरमा एसिड हालेर फ्याँकिन्छ । कार्यस्थलमा उनीहरुलाई गाली गरिन्छ, उनीहरुको अपमान गरिन्छ । उनीहरुको आफ्नै श्रीमानले मुख, नाक, बंगरा फुटाइदिन्छन् ।

तपाईं थाहा छ कि यसको जिम्मेवार को हुन् रु यसका लागि त्यो मानसिकता जिम्मेवार छ जसको प्रदर्शन तपाईंले पूरा समाज, देशको अगाडि गर्नुभएको छ । यो देशका छोरीहरुले तपाईंलाई माफ गर्ने छैनन्, संजयजी । जब आमिर खानजीले उहाँलाई यो देशमा डर लाग्छ भन्नुभयो तब उहाँलाई कसैले पनि हरामखोर भनेनन् । जब नसिरुद्दीन शाहजीले भन्नुभएको थियो तब उहाँलाई पनि कसैले हरामखोर भनेनन् ।

जुन मुम्बई पुलिसको तारिफ गरेर म कहिल्यै थाक्दिनथेँ, पालघरमा साधुको लिन्चिङ हुँदा उनीहरु चुपचाप उभिन्छन् । सुशान्तका पिता वा मेरो एफआईआर लिँदैनन् । यसमाथि म प्रशासनको निन्दा गर्छु जुन मेरो अभिव्यक्ति स्वतन्त्रता हो । संजयजी, म तपाईंको निन्दा गर्छु, तपाईं महाराष्ट्र होइन । तपाईं यो भन्न सक्नुहुन्नँ कि मैले महाराष्ट्रको निन्दा गरेँ ।

संजयजी, म ९ सेप्टेम्बरमा आउँदैछु । तपाईंहरु भनिरहनुभएको छ भने मेरो बंगारा फुटाइदिनुहुन्छ, मलाई मार्नु हुन्छ । तपाईंहरु मलाई मार्नुहोस् किनभने यो देशको माटो र गरिमाका लागि थाहा छैन कतिले आफ्नो ज्यान दिएका छन् । हामी पनि दिन्छौं संजयनी किनभने हामीलाई पनि त्यो दायित्व निभाउनु छ । ९ सेप्टेम्बरमा भेट्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार