बुद्धनगरमा सैलुन संचालक मृत फेला

समाचार

death

काठमाडौं । काठमाडौं–१० बुद्धनगरमा सैलुन संचालक मृत फेला परेका छन् । बाराको निजगढ घर भएका अशोक ठाकुर मनकामना हेयर ड्रेसरको सटरमा मृत भेटिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

३५ वर्षीय अशोकले ९ बर्षदेखि सो हेयर ड्रेसर चलाउँदै आएका थिए । अत्यधिक मदिरा सेवनबाटउनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । ठाकुरको शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महराजगञ्जमा पठाइएको छ ।

दुई दिनदेखि उनी कोठामा नगएर सटरमै सुतेका थिए । सोमबार बिहान कपाल काट्न गएका एक व्यक्तिले सटरमा ताला नलाएको देखेपछि खोलेर हेर्दा उनी मृत अवस्थामा पल्टिरेका थिए । पोष्टमार्टम रिपोर्ट हेरेर घटनाबारे थप अनुसन्धान गरिने महाशाखाका एसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार