बलात्कार अभियोगमा पक्राउ परे गौशालाका प्रहरी जवान

समाचार

2020 07 13 Pakrau arest

काठमाडौं । जवरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाका एकजना प्रहरी जवान पक्राउ परेका छन्। दार्चुला घर भई गौशाला प्रहरीमा कार्यरत जवान उपेन्द्र सिंह पक्राउ परेका गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक डिएसपी जितेन्द्र कुमार बस्‍नेतले बताए।

उनका अनुसार प्रहरी जवान सिंले चिनजानकै एक २१ वर्षीया युवतीलाई आइतवार बेलुकी जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका सिंलाई जिल्ला अदालतबाट सोमबारै म्याद थप गराई बयान लिने तयारी गरिएको डिएसपी बस्‍नेतले बाए। प्रहरी जवान सिंले आइतवार बेलुकी वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको दाबीसहित युवतीले जोहरी दिएकी छिन्।

उनको स्वास्थ्य परीक्षण समेत गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार