जिप दुर्घटना दुईको मृत्यु, ६ जना घाइते

ब्यानर

accident

तनहुँ । तनहुँको रिसिङ गाउँपालिका( १ खाल्टेमा सोमबार बिहान जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र म्याग्दे गाउँपालिका ७ का ३२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका जानकारी दिएको छ । दमौलीबाट रिसिङ जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राजकुमारको दमौली अस्पतालमा र होमबहादुरको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । होमबहादुर उक्त जीपका चालक हुन् ।

घाइते एकजना सामान्य अवस्थामा रहेकोले उपचारपछि घर फर्किएको र पाँचजनाको पोखरामा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको गण्डकी मेडिकल कलेजमा र दुईजनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइराखेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार