नक्कली प्रेस कार्ड बनाएर विक्री गर्ने तीन पक्राउ

समाचार

pakrau

काठमाडौं । बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे ।

प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२÷१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ । अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार