ब्राउन सुगरसहित सीमा क्षेत्रबाट २ पक्राउ

समाचार

pakrau

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका वडानम्बर १० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापा नेतृत्वको टोलीले १ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरीका अनुसार दशगजा क्षेत्रमा केही भारतीयले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए । त्यहाँ रहेका रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो ।

नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ भने सशस्त्र प्रहरीले बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार