ब्यानर
काठमाडौं । पूर्व पश्चिम रेलमार्गको काकडभिट्टा इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित गरिएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गर्दै तत्काललाई रेलमार्गको निर्माण ठेक्का स्थगित गरेको जनाएको हो ।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।