एक महिनामा १३ सय श्रमिकको गुनासो मन्त्रालयमा

ब्यानर

call center

काठमाडौं । साउनदेखि हालसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम कल सेन्टरमा १ हजार ३ सयभन्दा धेरैले गुनासो श्रमिकले टिपाएका छन् ।

कोरोनाका कारण देश तथा विदेशमा समस्यामा परेका श्रमिकले कल सन्टेरमा गुनासो टिपाउने गरेको श्रम मन्त्रालयले जनाएको छ ।साउनयता आएका गुनानोमध्ये ९ सय ७० जनाको गुनासोको सम्बोधनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरेको छ ।

श्रमिकले टिपाएको गुनासोको आधारमा श्रम मन्त्रालयले सम्बन्धित निकायलाई समस्या समाधान गर्ने फोन र पत्रमार्फत आग्रह गर्दै आएको छ । वैदेशिक रोजगारी र श्रम रोजगारसँग सम्बन्धित आफ्नो जिज्ञासा, प्रश्न र समस्या कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ अथवा १६ ६० ०१ ५०००५ मा फोन गरेर राख्न सकिन्छ ।

श्रम मन्त्रालयले २ वर्षअघि वैदेशिक रोजगारीका क्रममा र देशभित्र समस्यामा परेका श्रमिकका समस्या समाधान गर्दै कल सेन्टर स्थापना गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार