सुर्खत । कर्णालीमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस कोभिड( १९ संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, दैलेखका दुईजना कालिकोट, बर्दिया, बाँकेका एकरएक जना गरी १७ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । कर्णालीमा योसँगै कोरोना हुनेको संख्या २ हजार ६ सय ९१ पुगेको छ ।
मंगलबार कर्णालीबाट २३ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट कोरोना संक्रमण निको भएर घर फर्किएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए ।
कर्णालीका कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ३ सय ४० पुगेको र हाल ३ सय ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए ।