२४ घण्टामा थपिए ९ सय २ संक्रमित ,२ हजार २ सय ८७ जना डिस्चार्ज

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार नाघेको छ । आजसम्म ४८ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १४ हजार ८ सय ६८ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना छन् भने ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा २ हजार २ सय ८७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६८ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ८८ हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ५ हजार ३ सय १० जना क्वारेन्टाइनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार