कोरोनाविरुद्धको अक्सफोर्डको भ्याक्सिनलाई ठूलो झट्का, परीक्षण रोकियो

ब्यानर

114291922 ca81ef75 1f97 458c 846e 36f45273d690

एजेन्सी । कोरोना भाइरसमाथि विजय प्राप्त गर्न निर्माण भइरहेको भ्याक्सिनलाई त्यतिबेला ठूला ेझट्का लाग्यो जब एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन परीक्षण रोक्नु प¥यो ।

मानव परीक्षणमा सहभागि एक व्यक्ति विरामी परेपछि यो भ्याक्सिनको परीक्षण रोक्नु परेको हो । एस्ट्राजेनेकाले यसलाई नियमित वाधा भनेको छ, किनभने विरामी भएका व्यक्तिलाई के भएको हो भन्ने पत्ता लागेको छैन ।

अक्सफोर्ड युनिभर्सिटीको क्याक्सिनमा पुरै विश्वले आशावादी नजर हेरिरहेका छन् । यतिबेला विश्वभरी करिव एक दर्जन देशमा कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण भइरहेको छ । यसमध्ये पनि विशेषज्ञकाअनुसार अक्सफोर्डको भ्याक्सिन सबैभन्दा अगाडि छ ।

यसको तेरुो चरणको परक्षिण भइरहेको छ । विश्व आशावादी छ कि सबैभन्दा पहिले वजारमा आउने भ्याक्सिन अक्सफार्ड युनिभर्सिटीकै हुनेछ । भ्याक्सिनको तेश्रो चरणको परीक्षणमा हजारौं सहभागि हुन्छन् र यसमा कयौं पटक कयौं वर्ष पनि लागेको छ । कोरोनाविरुद्धको भ्याक्सिनमा ३० हजार मानिस सहभागि छन् ।

बिबिसीका मेडिकल सम्पादक फर्गस वाल्सकाअनुसार विश्वभरीमै परीक्षण रोक्न लगाइएको छ । अब एक स्वतन्त्र जाँच हुनेछ जसले सुरक्षा मापदण्डको समिक्षा गर्नेछ, त्यसपछि फरि परीषण सुरु गर्ने कि नगर्ने भन्ने कुराको निर्णय हुनेछ ।

अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने ‘ठूलो मात्राको परीक्षणमा सहभागिमध्ये कोही विरामी पर्ने कुराको पुरै आशंका हुन्छ, तर यसलाई ध्यानपुर्वक जाँच गरेर स्वतन्त्र पुनपरीक्षण गर्नु धेरै जरुरी छ ।’ कोरोनाविरुद्धको अक्सफोर्डको भ्याक्सिन परीक्षण सुचारु गर्न रोकिएको यो पटक हो ।

ठूलो स्केलको परीक्षणमा कोनै एक व्यक्ति विरामी हुनु सामान्य कुरा हो र जब कुनै परीषणमा सहभागि व्यक्ति विरामी भएर अस्पताल भर्ना गरिन्छ अनि विरामीहुनुका कारण चाडै पत्ता लाग्दैन भने परीक्षण रोक्ने गरिन्छ ।
यो भ्याक्सिनको केही दिनपछि फेरि परीक्षण सुरु गरिने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार