देशभर १ हजार ८१ जना संक्रमित थपिए,९१८ डिस्चार्ज

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४९ हजार नाघेको छ । आजसम्म ४९ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार २५ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९ सय जना छन् भने ७ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ९ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६८.८ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार