कोरोनाबाट थप ६ जनाको मृत्यु

ब्यानर

Death from corona

काठमाडौं । नेपालमा कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

आईसीयू र भेन्टिलेटरमा १ सय ८४ संक्रमितको उपचार भइरहेको छ । देशभर १ सय ६२ जना संक्रमित उपचारत छन् भने भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत छन् ।

११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुष गरी आज १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको भन् । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन । देशभरि आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार