ब्यानर
काठमाडौं । आज उपत्यकामा ४ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा.गौतमले जानकारी दिए ।