इम्बोस्ड नम्बर प्लेट जडान गर्न कर्मचारी ‘आउट सोर्सिङ’ गरिँदै

अर्थ/बाणिज्य

2020 09 09 DOTM 1

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्न कर्मचारी आउट सोर्सिङ गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने भनिएपछि विभागले सोही अनुरुप कर्मचारी आउट सोर्सिङ गर्न लागेको हो ।

इम्बोस्ड नम्बर जडान सम्बन्धी अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले यसलाई अगाडि बढाउन बाटो खोलि दिएसँगै विभागले यसलाई अनिवार्य बनाउन लागेको छ ।

विभागले सूचना सार्वजनिक गर्दै ४ जना दर्ता सहायक, ११ जना इनरोलमेन्ट अपरेटर, ३ जना स्टोर किपर, ११ जना मेकानिक र ३ जना रनरसहित ३२ जना कर्मचारी आउट सोर्सिङ गर्न लागेको जनाएको छ ।

आउट सोर्सिङको अवधिको सुरुको सम्झौता मितिबाट १५ दिनभित्र सुरु भइ बढीमा ६ महिनाको हुने जनाइएको छ । आवश्यकता अनुसार अवधि थप गर्न सकिने विभागले सूचनामा भनेको छ ।

इजाजत प्राप्त तथा भ्याटमा दर्ता भएका इच्छुक फर्म, संस्था वा कम्पनीबाट विभागका सर्तहरुको अधिनमा रही सिलबन्दी प्रस्ताव आह्वान गरिएको छ । असोज ९ गतेसम्म प्रस्ताव पेस गर्न सकिने विभागले जनाएको छ । सोही दिन सिलबन्दी प्रस्ताव खोल्ने पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार