डिपार्टमेन्टल स्टोर र सपिङ मल सञ्चालन गर्न समय तोकियो

ब्यानर

cdo valley 1zQfWQVNhI

काठमाडौं  ।  उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि समय निर्धारण भएको छ ।

बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

यस्तै  उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि भएको छ ।

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार