भारतभर ‘#9बजे9मिनट’ ट्रेन्डिङमा

अन्तराष्ट्रिय

114303079 ehfhlzeucaa4j7h

एजेन्सी । बेरोजगारीको विषयमा भारतमा कयौं क्षेत्रबाट आवाज उठिरहेको छ । बुधबार यसको विषयमा राति ९ वजे ९ मिनेटको क्यान्पेन चलाइयो, जसलाई कयौं विपक्षी दलले पनि समर्थन गरे । यसमा आ–आफ्नो घरको बत्ति बन्द गर्न अपील गरिएको थियो ।

यसमासाथै सामाजिक सञ्जालमा ट्वीटरमा ह्यासट्याग ९ वजे ९ मिनेट टप ट्रेन्डिङमा रह्यो । भारतभरीका युवा तथा कतिपय विपक्षी दलका नेताले यस विषयलाई ट्वीट गर्न सुरु गरे । यसले यो ह्याट्याग पुरै दिन टप ट्रेन्डमा रह्यो र कंगना रनौतलाई पछाडि पार्दै शिर्ष स्थानमा पुग्यो ।

मानिसले आफ्नो हातमा मैनबत्ति लिएको फोटो पनि शेयर गरे । ११ वजेसम्म यो ह्यासट्याग साढे ८ लाख पटक ट्वीट भइसकेको छ । बिहारमा आजेडी नेता तेजस्वी यादव, तेजप्रसाद यादव र रावडी देवीले लाल्टिनबोकेर यसमा भाग लिए । यसक्रममा तेजस्वीले भने ‘बिहार बेरोजगारीको केन्द्र बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार