कोरोना महामारी ःविश्वभर ९ लाख भन्दा बढिको मृत्यु

अन्तराष्ट्रिय

corona death

एजेन्सी । विश्वभर कोराना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृतकको संख्या ९ लाख २ सय ३ पुगेको हो।

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। त्यहाँ १ लाख ९० हजार ७ सय २७ जनाको मृत्यु भएको छ। अमेरिकामा पनि सबैभन्दा बढी मृत्यु न्युयोर्कमा छ, जहाँ ३३ हजार १३ जनाको मृत्यु भएको छ भने न्युजर्सीमा १६ हजार ८, क्यालिफोर्नियामा १३ हजार ९ सय ६७ र टेक्सासमा १३ हजार ९ सय १ जनाको मृत्यु भएको छ।

यस्तै, ब्राजिलमा १ लाख २७ हजार ४ सय ६४, भारतमा ७३ हजार ८ सय ९०, मेक्सिकोमा ६८ हजार ४सय ८४, बेलायतमा ४१ हजार ६ सय ८३, इटालीमा ३५ हजार ५ सय ७७, फ्रान्समा ३० हजार ८ सय र पेरुमा ३० हजार १ सय २३ जनाको मृत्यु भएको छ।

स्पेनमा २९ हजार ६ सय २८ र इरानमा २२ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार