प्रचण्डका घरभेटीलाई मल आयतको अरु दुई ठेक्का

ब्यानर

Mal chitawan

काठमाडौं । समयमा मल नल्याएर किसानलाई रुवाइरहेकै वेला शैलुङ इन्टरप्राइजेजलाई कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल आयातका अरू दुई ठेक्का पनि दिएको पाइएको छ । कर्मचारीसँगको मिलेमतोमा अन्तर्राष्ट्रिय बजारमूल्य विश्लेषण गरेर शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीले थप ठेक्का हत्याएका हुन् ।

शैलुङले गत आर्थिक वर्ष ०७६ ।७७ को ठेक्कामा सहभागी भई ल्याउनुपर्ने २५ हजार टन युरिया समयमा नल्याएपछि आइतबार कृषि मन्त्रालयले ठेक्का रद्द गर्नुका साथै धरौटी रकम जफत गर्ने निर्णय गरेको थियो । गत १२ वैशाखमा भएको ठेक्का सम्झौताअनुसार शैलुङले जेठ दोस्रो हप्ताबाट ल्याउनुपर्ने युरिया नल्याएका कारण देशभर किसान आन्दोलित भइरहेका वेला असार तेस्रो र अन्तिम साता कृषि सामग्रीले थप दुई ठेक्काको सम्झौता गरेको थियो ।

कृषि सामग्रीले २८ माघ ०७६ मा ३० हजार टन र २० फागुन ०७६ मा २५ हजार टन युरिया मल खरिदका लागि टेन्डर गरेको थियो । कर्मचारीको मिलेमतोमा शैलुङलाई न्यूनतम रकम कबोल गर्न लगाई दुवै ठेक्का दिलाइएको स्रोतको दाबी छ । दुवै ठेक्काको सम्झौता क्रमशः १८ असार र असार अन्तिम साता भएको थियो । कृषि सामग्रीले टेन्डर गरेको मितिबाट छिटोमा ६ महिना र औसतमा आठ–नौ महिनाभित्र मल भित्र्याउने गरेको छ । सुस्त प्रक्रियाका कारण नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा पाँच महिनाअघिबाटै कृषि सामग्रीले मल खरिदको टेन्डर सूचना प्रकाशित गर्ने गरेको छ ।

२८ माघको टेन्डर प्रक्रियामा शैलुङसहित ६ कम्पनी सहभागी थिए । शैलुङले ३११।५० डलर प्रतिटन कबोल गरेको थियो । बंगलादेशको देश टे«डिङ कर्पोरेसन ढाकाले ३१५।४६ डलर प्रतिटन कबोल गरेको थियो । शैलुङले कर्मचारीसँग मिलेमतो गरेर न्यून रकम कबोल नगरेको भए यो ठेक्का बंगलादेशी कम्पनीले पाउने स्रोतको भनाइ छ । नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार