कोरोनाले थलिएको फिल्म क्षेत्र

कला/ साहित्य

film

काठमाडौं । भूकम्पले थला पारेर बिस्तारै उठ्दै गरेको चलचित्र क्षेत्रलाई विश्वभरि महामारीको रुपमाफैलिएको कोरोना भाइरस (कोभिड १९)ले थलापारेको छ । अरु क्षेत्र विस्तारै खुल्दै गएपनि चलचित्र क्षेत्र भने अझै खुल्ले अत्तोपतो छैन ।

यति बेलाकलाकारहरु सामान्य म्युजिक भिडियोमा सिमित बनेकाछन् । नेपाल सरकारले कोरोनाका कारण लकडाउन गरेपछि अब चलचित्र क्षेत्र कसरी माथि उठ्छ भन्ने चिन्ता केही चलचित्रकर्मीलाई छ । केही चलचित्रकर्मीहरू कोरोनापछि कसरी चलचित्र क्षेत्रलाई माथि लैजान सकिन्छ भन्ने बहसमा छन्। कोरोनापछि कसरी चलचित्र क्षेत्रलाई अगाडि लैजान सकिन्छ भन्ने बहसमा थोरै मात्र चलचित्रकर्मीहरूको चासो छ ।

कोरोनाको कारण नेपाली फिल्म ठप्प छ । लकडाउन खुकुलो भएपछि विभिन्न क्षेत्र खेलेपनि फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । त्यसैले पनि फिल्म क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा राख्न फिल्मकर्मीहरुले सरकारसँग माग गर्दै आइरहेका छन् ।

गत सााउनमा चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, चलचित्र कलाकार संघको एक टोलीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरेर फिल्म क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अनुरोध गरेका छन् । फिल्मकर्मीको एक टोलीले गर्भनर अधिकारीलाई ज्ञापन पत्र बुझाउदै फिल्म क्षेत्र अतिप्रभावित क्षेत्रमा राख्न माग समेत गरेका थिए ।

ज्ञापनपत्रमा फिल्मकर्मीले यो क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखेर उचित सहयोग गर्दै तत्काल चलयमान बनाउन सहुलियतमा बैंकिङ कर्जा, बैंकिङ कर्जा पुर्नतालिका, लकाडाउन अवधीभरको ब्याजमा ५० प्रतिशत छुट, पुराना कर्जाको समयवधि लकडाउन खुलेपछि ६ महिना थप गर्न माग लगायत बुदा समावेश गरेका थिए ।
भेटमा गर्भनर अधिकारीले नेपाली फिल्म क्षेत्रको समस्या सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार