समाचार
काठमाडौं । सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो पारेपछि राइड शेयर सेवा टुटल र पठाओ पनि सुरु भएको छ । सरकारले जोर बिजोरका आधारमा निजी मोटरसाइकललाई चल्न अनुमति दिएपछि सेवा सुरु गरेको टुटलले जनाएको छ ।
स्वास्थ्य प्रोटोकललाई ध्यान दिएर सेवा दिइने बताइएको छ । आजैदेखि पठाओका ट्याक्सी र मोटरसाइकल दुवैले सेवा दिनेछन् ।