गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण

समाचार

Coronavirus Fusion Medical

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए। कोरोना नियन्त्रणमा खटिँदै आएका केसीलाई कोरोना पुष्टि भएपछि उनि हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् ।

अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनका नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार