काठमाडौं । नेपाली बजारमा आज(बिहिबारं) सुनको मुल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज(बिहिबार) चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।