२४ घण्टामा थपिए १ हजार २४६ जनामा संक्रमित, संक्रमित ५० हजार

ब्यानर

Dr jageshwor gautam

काठमााडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । आजसम्म ५० हजार ४ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १४ हजार ४ सय ४८ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार १० जना छन् भने ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ८ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ७१ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार