फेरि अवरुद्ध भयो नारायणगढ–मुग्लिन सडकखण्ड

समाचार

pahiro sadak abarudda

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक खुलाउन प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए । सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार