आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने सम्भावना

ब्यानर

horgdsf

काठमाडौं । आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताए ।

‘प्रदेश नं १ र २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ’, मौसमविद् पोखरेलले भने ।

वर्षा निरन्तर नभई केही समय रोकिंदै फेरि हुनेछ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार