नेकपा स्थायी कमिटी बैठक: एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय

राजनीति

Nekapa Baithak

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

‘यसअघि झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनमाथि छलफल गर्दै एमसीसी परिमार्जन गरिने निर्णय भएको छ’ एक स्थायी कमिटी सदस्यले भने ।

यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।

बैठकमा सरकारको कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण विषयमा पार्टीसँग सल्लाह गरेर मात्रै निर्णय गरिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार