कागेश्वरी मनोहरामा ग्यास विष्फोटहुँदा एकजना घाइते

समाचार

gass

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । सिलिन्डर विष्फोट हुँदा ४८ वर्षीया मीरा जोशी घाइते भएकी छिन् ।

घाइतेलाई उपचारका लागी किर्तीपुर अस्पतालमा पठाइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिएका छन् ।

स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार