गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने उधोग कारबाहीमा

समाचार

hand sanitizer zuOmjYZTig

काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको भन्दै उपत्यकाका ५ उद्योगलाई कारबाही गरेको छ । मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंका ४ र भक्तपुरका १ उद्योगलाई कारबाही गरिएको हो ।

ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिमाना र बन्द गर्ने तयारी गरिएको विभागले एक सूचना जारी गर्दै जनाएको छ ।

कारबाही पर्ने उद्योगमा भक्तपुरको नेपाल कायाकल्प उद्योग, हाइजिङ सोप एन्ड केमिकल, आधार केमिकल एन्ड फुड इन्डस्ट्री, सर्च केम कम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्ट रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार